Human Rights Khabar
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
English
TRENDING
मानव अधिकार लाेकतन्त्र पुस्तक
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकनाथ घिमिरे


जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

अनशनरत मेयर तीर्थराज भट्टराई

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा निर्वाचित नगरप्रमुख आफ्ना नागरिकका अधिकार र जैविक सम्पदा संरक्षणका लागि आमरण अनशनमा बस्न बाध्य भएका छन्। यो केवल व्यक्तिगत प्रतिरोध होइन, सिङ्गो राज्य संरचनामाथिको गम्भीर चुनौती हो। संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई राज्यका विभिन्न अंगहरूले स्वीकार नगर्दा उत्पन्न भएको दुरावस्थाको स्पष्ट चित्रण हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २०८२ असार ९ गते नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा नगरप्रमुख तिर्थराज भट्टराई संघीय राजधानी काठमाडौँको माईतिघर मण्डलामा साउन ११ गतेदेखि १३ गतेसम्म बाँदर लगायत वन्यजन्तुले कृषि तथा खाद्य बालीमा पु‍¥र्याएको क्षति, स्थानीय स्रोत साधनको संरक्षण, विश्वव्यापी जलवायु परिवर्तन, भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चितता, वातावरणीय संकट, गाँजा, बाँस लगायत वनस्पतिको बिल्डिङ कोड र राष्ट्रिय मापदण्ड (नम्स) तयार गर्दै स्थानीय स्रोत साधनको समुचित प्रयोगसम्बन्धी सात बुँदे मागसहित सत्याग्रह घोषणा गरी अनशन बसे ।
तर सो अवधिमा संघीय सरकारले मागप्रति कुनै सुनुवाइ वा छलफल गरेन । त्यसपछि नगरप्रमुखले साउन १४ गतेदेखि दोस्रो चरणमा माईतिघर मण्डलामा आमरण अनशन घोषणा गरेर अनशनमा बस्न बाध्य भए । नगरसभाबाट स्वीकृत निर्णय भएकाले यो मेयरको व्यक्तिगत निर्णय मात्रै होइन, नगरसभाको गम्भीर अध्ययन र छलफल पश्चातको नागरिकको माग प्रति अपनत्व ग्रहण गर्ने साहासिक कदम हो ।

जैविक विविधता संरक्षण र वातावरणीय न्याय विश्वभरिका नागरिकहरुको साझा सरोकारको विषय हो । यो सत्याग्रहले केवल स्थानीय तहको अधिकारमाथिको हस्तक्षेपको विरोध मात्र होइन, नागरिक स्तरमै राज्य प्रणालीमाथिको गहिरो विमर्श ल्याएको छ ।

स्थानीय सरकारको निर्णय र संघर्षको सुरुवात
नगर कार्यपालिकाले व्यापक छलफल, सरोकारवालासँग परामर्श र वातावरणीय जोखिम मूल्यांकन पश्चात नगरक्षेत्रको संवेदनशील जैविक भूभाग र जलस्रोत क्षेत्रमा अवाञ्छित विकास योजनामाथि रोक लगाउने, स्थानीय कच्चा पदार्थको दिगो प्रयोग, उत्पादन र विक्रि वितरणका लागि कानुनको अभाव रहेकोले कानुन निर्माणका लागि संघीय सरकारका सरोकार राख्ने मन्त्रालयका सचिव तथा मन्त्रीहरुसंग पटक पटकको परामर्श, ध्यानाकर्षण, छलफल तथा पत्राचार गर्दा समेत लामो समय सम्म गुनासो सम्बोधन हुने सम्भावना न्यून देखिएक पछि नगर सभाबाट नै निर्णय गरि ज्यान दाउमा राखेरै भए पनि कानुन निर्माणको माग राख्दै अन्तिम विकल्पको रुपमा संसारले सुन्नेगरी र संघीय सरकारले थाहा पाउने गरी आमरण अनशन घोषणा गर्नु परेको नगरप्रमुख भट्टराईले दावि गरेका छन । यो दाविलाई उपप्रमुख तथा वडाध्यक्षहरु र कर्मचारीहरुको समेत स शरिर उपस्थिितिले पुष्टि गरेको पाईन्छ । आमरण अनशनमा रहेकै समयमा स्वस्थ्यमा समस्या देखिए पश्चात निजलाई बीर अस्पताल भर्ना गरिएकोमा निजले उपचार अस्विकार गरी रत्नपार्क मै अनसनका लागि गरेको आग्रहले उनी नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहीता प्रति दृढ रहेको देखिन्छ ।

संविधानको अनुसूची ८ अन्तर्गतको अधिकार प्रयोग गर्दै नगरपालिकाले आफ्नो भूभागभित्र प्राकृतिक स्रोत, सम्पदा र समग्र वातावरण संरक्षणका लागि सबैलाई ऐक्यबद्धता जाहेर गर्न आह्वान समेत गरेको छ ।

मागहरू

  • बाँदर लगायत वन्यजन्तुले कृषि तथा खाद्य बालीमा पु‍र्या‌एको क्षति रोकथाम ।
  • जैविक विविधता संरक्षणका लागि बिल्डिङ कोड र राष्ट्रिय मापदण्ड (नम्स) तयार गर्ने ।
  • स्थानीय स्रोत साधनको दिगो र न्यायसंगत प्रयोग ।
  • जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न प्रभावकारी नीति तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने ।
  • गाँजा, बाँस लगायत वनस्पतिको उत्पादन र संरक्षणमा कानुनी व्यवस्था गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने ।
  • वातावरणीय संकटको सामना गर्न समन्वित कार्ययोजना निर्माण गरी तीनै तहका सरकार बीच कार्यान्वयनमा समन्वय सहकार्य गर्ने ।
  • भावी पुस्ताको सुरक्षित वातावरण सुनिश्चित गर्न पारदर्शिता र सहकार्यका लागि नीति बनाई योजना कार्यान्वयन गर्न ।

राष्ट्रिय मानव अधिकार आयोगको पहल
राष्ट्रिय मानव अधिकार आयोगले घटनाको सुरुवाती दिन देखि सुक्ष्मरुपमा अनुगमन गरी वार्ता र छलफलको माध्यमबाट सिघ्र समस्याको समाधान गर्न तथा अनशनरत नगरप्रमुखको जीवन रक्षाका लागि विशेष पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ  । यसै गरि जिल्ला समन्वय समिति खोटाङ, हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाँउपालिका, बराहपोखरी गाँउपालिका, खोटेहाङ गाँउपालिका लगायतका स्थानीय सरकारहरुले आमरण अनशन प्रति ऐक्यवद्धता जनाउदै सिघ्र समस्या समाधानका लागि संघीय सरकारलाई आग्रह गरेका छन ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेल, वन मन्त्री ऐनबहादुर शाही, संघीय संसद सदस्य रामकुमार राई, सरस्वती वजिमय, गणेश पराजुली, तोषिमा कार्की लगायतले ऐक्यबद्धता जनाएका छन । यसै गरी जिल्ला स्थित राजनीतिकदल, नागरिक समाज, सामुदायिक वन उपभोक्ता महासंघ, वातावरण बिद, संचारकर्मी लगायतले आमरण स्थलमै पुगेर ऐक्यवद्धता जाहेर गरेका छन ।

नेतृत्व र लोकतन्त्रमा प्रश्न
निर्वाचित जनप्रतिनिधि अनशनमा बस्नु केवल व्यक्तिगत पीडा होइन, नेतृत्व र शासन प्रणालीमा गम्भीर समस्या रहेको प्रतिबिम्ब हो । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारबीच संवाद र सहकार्यको अभावले लोकतन्त्र कमजोर हुँदै गएको छ । संघीय प्रणालीले स्थानीय तहलाई विकासको केन्द्र बनाउने लक्ष्य राखेको भए पनि व्यवहारमा प्रभावकारी समन्वय, सहकार्यको कमी र व्यवस्थागत समस्या यसको सफलतामा बाधक बनेको छ । यो घटनाले सरकार गम्भीर नबन्ने र स्थानीय सरकारलाई अधिकार र सम्मान नदिने हो भने संघीयता खतरामा पर्ने देखिन्छ ।

निष्कर्ष
निर्वाचित जनप्रतिनिधि सडकमा आउनु भनेको नेतृत्वको असमर्थता मात्र होइन, संघीयताको असफलता पनि हो । स्थानीय सरकारलाई अधिकारको पूर्णता र स्वायत्तता दिने नीति र कार्यान्वयन तत्काल आवश्यक छ । संघीय सरकारको मौनता जनताको आवाज दबाउने प्रयास गर्ने हो भने संविधानको मर्म, भावना र लोकतन्त्रको मूल्य मान्यता र भावमाथि गम्भीर प्रश्न उठाउँछ । अब चुनौती भनेको मात्र सुन्नु होइन, सुनुवाइ गरी समाधान दिनु हो । यसले मात्रै संघीयता सफल र लोकतन्त्र सबल बन्न सक्दछ ।

 घिमिरे मानव अधिकारका समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Human Rights Khabar

Human Rights Khabar

संबन्धित समाचार

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

लघुकथा : अधिकार र कर्तव्य

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

Natraj Technology advertisement

ताजा समाचार

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

लघुकथा : अधिकार र कर्तव्य

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology